
पछिल्लो २४ घण्टामा देशभर १ हजार ७६० कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको १२ हजार ५२४ पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३ सय २० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १ हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९९१ पुगेको छ ।
त्यस्तै आज १ हजार २२० जना संक्रमणमुक्त भएका छन्
। योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ ।
आज देशभर २६ हजार ३०७ जना सक्रिय संक्रमित रहेका छन् ।
सिफारिस
लोकप्रिय