काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथिको अविश्वासको प्रस्तावमा २७ वैशाखमा मतदान हुने भएको छ ।
यसअघि जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कबिहीन भएपछि १५ वैशाखको प्रदेशसभा बैठक स्थगित भएको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलले २६ गते र सत्तारुढ एमालेले २८ गते मतदानको मिति प्रस्ताव गरेका थिए । सत्तारुढ र विपक्षीको अलग प्रस्तावपछि समामुख नेत्रनाथ अधिकारीले २७ गते प्रस्ताव गरेका थिए ।
सिफारिस
लोकप्रिय