• vacancy ad
  • आसिफको ९० रन सहयोगमा नेपालले ओमानलाई दियो १९७ रनको लक्ष्य

  • Ad Space available
  • काठमाडौं। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ।

    अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रनको योगदान दिए। पहिलो ओडीआई अर्धशतक बनाउने क्रममा उनले ११२ बलमा ७ चौका र १ छक्कासहित ९० रन बनाए।

    यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए ।

    सोमबार अमेरिकाविरुद्ध सर्वाधिक रन बनाएका ओपनर कुशल भुर्तेल ओमानविरुद्ध शून्य रनमा आउट भए ।

    ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए भने डेब्युटान्ट नेस्टोर धाम्बाले २, कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले १-१ विकेट लिए।

    सिफारिस
    लोकप्रिय