• vacancy ad
  • एमालेका सांसद पाण्डे र भट्ट नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुन पाउने

  • Ad Space available
  • काठमाडाैं। सर्वोच्च अदालतले नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा जान सक्ने आदेश जारी गरेको छ ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई रोजेको पार्टीमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    ad space

    आदेशमा भनिएको छ, ‘निवेदक सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा (एकीकृत समाजवादी) दलमा आबद्ध हुने गरी २०७८ भदाैं ८ गते निर्वाचन आयोगमा निवेदन गरी रोजेको आधारमा निजहरुको सो दलमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्नू।’

    नेकपा (एमाले) का सांसद पाण्डे र भट्टले आफूलाई नेकपा (एकीकृत समाजवादी) को सांसदमा कायम गराउन माग गर्दै भदौ २३ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

    रिट निवेदनमा आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको र मुद्दाको किनारा नलागेसम्म नेकपा(एमाले) ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको थियो ।

    अदालतको अन्तरिम आदेशसँगै एमालेका दुई सांसदलाई नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान बाटो खुलेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय