• vacancy ad
  • चीनबाट थप खोप आउदै, शुक्रबारसम्म ४४ लाख डोज भेरोसेल खोप आउने

  • Ad Space available
  • काठमाडौं । चीनबाट थप खोप नेपाल आउने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी शुक्रबारसम्म ४४ लाख डोज खोप नेपाल आउने जनाएको छ ।

    चीनसँग खरीद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै नेपाल आइसकेको छ। बाँकी ४० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज १५ सेप्टेम्बरमा बेइजिङ जादैछ । सो जहाजले शुक्रबारसम्म ४० लाख डोज खोप काठमाडौं ल्याउनेछ ।

    नेपालमा भण्डारणमा रहेको खोप सकिएपछि थप खोप ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख डोज मोडेर्ना खोप ल्याउने निश्चित भइसकेको पनि जनाएको छ ।

    त्यसैगरी ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढेको छ ।

    स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पूरा मात्रा खोप लगाउनेको संख्या १७.४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउनेको संख्या समेत हिसाब गर्दा खोप पाउनेको संख्या १९.४५ प्रतिशत पुगेको छ।

    सिफारिस
    लोकप्रिय