• vacancy ad
  • सेनाका एक सय ३५ र सशस्त्रका एक सय १८ जवान संक्रमित

  • Ad Space available
  • कोरोना भाइरसको दोस्रो लहरको मारमा फ्रन्टलाइनका सुरक्षाकर्मी पनि पर्न थालेका छन् । दास्रो लहर फैलिइसँगै नेपाली सेनाका एक सय ३५ जना सुरक्षाकर्मी संक्रमित भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
    त्यसरीनै सशस्त्र प्रहरी बलका एक सय १८ जना सुरक्षाकर्मी संक्रिमित भएको छ । नेपाल प्रहरीका भने अझ बढी सुरक्षाकर्मी संक्रमित भएको छ । केही दिन अधिनै प्रहरीका एक सय ४० जन सक्रमति भएका थिए । अहिले प्रहरीले कोरोना संक्रमितको तथ्यांक दिन रोक लगाएको छ ।
    आफ्ना सुरक्षाकर्मी संक्रमित हुन थालेपछि तीनवटै सुरक्षा निकायले सकेसम्म कम जनशक्ति परिचालन र सिफ्ट अनुसार ड्युटी खटाएर थालेको छ ।
    अति आवस्यक काम बाहेकको घर विदा तत्कालको लागि रोकेका छन् । घर बिदा बसेर फर्किनेको हकमा समेत १४ दिन क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय