• vacancy ad
  • सभामुखले डाकेको सर्वदलीय बैठक आज

  • Ad Space available
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

    ‘संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।’

    संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । उक्त अवरोध हटाउने पहलस्वरुप सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

    यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा एमालेका सांसदसँग पनि वार्ता गरेका थिए । सभामुखले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।

    सभामुख सापकोटाले मंगलबार सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले यही भदौ २३ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

    सिफारिस
    लोकप्रिय