• vacancy ad
  • पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

  • Ad Space available
  • काठमाडाैं। नेपाल पत्रकार महासंघ काठमाडाैं शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ।

    शाखाको निर्वाचन समितिद्वारा आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र प्रदान गरेको छ।

    ad space

    नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासंघको परामर्श लिनुपर्ने बताए।

    महासंघका केन्द्रीय सदस्य एवं काठमाडौं शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गरे।

    निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे।

    महासंघका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौं शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गरे।

  • ad space
  • सिफारिस
    लोकप्रिय