काठमाडौं । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने जनाएकाे छ ।
एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले एमाले नेतृत्वकाे वर्तमान सरकारलाइ समर्थन नगर्ने स्पष्ट पारेको हो ।
नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा १३ जना सांसद गएका छन्। आइतबार बसेको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको छ ।
एकीकृत समाजवादीले समर्थन नगर्ने बित्तिकै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकाे छ। माधवकुमार नेपाल समूहमा रहेकी शाक्य २ भदाैमा मुख्यमन्त्री बनेकी थिइन्। तर उनले पार्टी विभाजनमा नेपाललाइ साथ दिइनन्।
१०९ सदस्यीय प्रदेशसभामा एमालेको प्रष्ट बहुमत थियो । एमालेका ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेसँग अब ४२ जना सांसदमात्र कायम भएको छ।
मुख्यमन्त्री शाक्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ।


