• vacancy ad
  • सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

  • Ad Space available
  • सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलका लागि बोलाएका हुन्।

    सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाएको कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।

    ad space

    १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

    सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्की र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतसँग छलफल गरेका थिए ।

    एमालेको अवरोध कायमै रहेपछि सभामुख सापकोटाले २९ भदौ दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय