
काठमाडौं । राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारले मासिक ३ हजार भत्ता पाउने भएका छन्।
सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको हो।
संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शहीद परिवारलाई मासिक ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सरकारको घोषणाअनुसार जनयुद्ध, जनआन्दोलनसहित राजनीतिक संघर्षमा ज्यान गुमाएकाका परिवारले मासिक भत्ता पाउने भएका छन् ।
सिफारिस
लोकप्रिय