• vacancy ad
  • एमालेको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित

  • Ad Space available
  • काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ ।

    प्रतिनिधिसभा बैठक जारी रहेका कारण एमालेको स्थायी कमिटी बैठक स्थगित भएको हो। शुक्रबार दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा एमाले स्थायी कमिटिको बैठक बोलाइएको थियो।

    आज स्थगित भएको बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ। बैठकमा
    ४ देखि ६ असोजमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

    स्थायी कमिटी बैठक पछि २७ भदौमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

    सिफारिस
    लोकप्रिय