काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ नमुनाको पीसीआर परीक्षणमा ९६१ जना र २ हजार ३६७ नमुनाको एन्टिजेन परीक्षणमा १८५ जना गरी १ हजार १४६ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय


