काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेस गरेका छन्।
प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीबीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको हो।
संसदको तेस्रो बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेराउ गरेका थिए। एमाले सांसदहरूलाई मर्यादापालकहरुले रोकेका थिए। एमाले सांसदको बेल घेराउबीच अर्थमन्त्री जनार्दन शर्माले रोष्टममा पुगेर बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेस गरेका हुन्।
सिफारिस
लोकप्रिय


