• vacancy ad
  • मेक्सिकोमा ७.१ रेक्टरको शक्तिशाली भूकम्प

  • Ad Space available
  • मेक्सिकोको प्यासिफिक रिसोर्ट शहर अकापुल्कोनजिकै ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको कारण कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ।

    कोयुका डे बेनिटेज शहरनजिकैको एक पोल ढलेर एक जनाको मृत्यु भएको गुएरेरो राज्यका गभर्नर हेक्टर अस्टुडिलो बताएका छन्।

    ad space

    भूकम्प गएको अवस्थामा राजधानीबाट सयौं किलोमिटर टाढा रहेका भवन हल्लाएको बताइएको छ भूकम्पको केन्द्र गुएरेरो राज्यको एकापुल्कोबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको राष्ट्रिय भूकम्प विभागले जनाएको छ ।

    मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले एक भिडियो सन्देशमार्फत धेरै विनाशको कुनै समाचार नभएको बताएका छन्।

    केन्द्रबिन्दु नै भएको गुएरेरो राज्यको एकापुल्को शहरका भाग्यवस धनजनको खासै क्षति नभएको पनि ओब्राडोरले बताए।

    कम्तीमा ४ म्याग्निच्युड वा सोभन्दा माथिका दर्जनौं पराकम्पन कारण पर्यटक होटेलबाट निस्किएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय