प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु नहुँदै अवरुद्ध भएको छ ।
अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए ।
त्यसलगत्तै सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमाले सांसदको नाराबाजीपछि सभामुखले आजको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।
१५ मिनेटका लागि बैठक स्थगित
प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।
एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सिफारिस
लोकप्रिय



