• vacancy ad
  • मन्त्रिपरिषद् विस्तार गर्दै अष्टलक्ष्मी शाक्य

  • Ad Space available
  • काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

    आज बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ भोलि गराउने तयारी छ ।

    ad space

    मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भए पनि सबैको नाम सार्वजनिक गरिएको छैन ।

    स्रोतका अनुसार, सिन्धुलीका प्रदीप कटुवाललाई सम्भवत पर्यटनमन्त्री बनाउने तयारी छ । त्यस्तै, रामेछापका शान्तराम पौडेल र चितवनका विजय पौडेललाई मन्त्री बनाउने तयारी छ ।

    त्यसैगरी, भूगोल र लैंगिक सन्तुलन मिलाउने गरी मन्त्रिपरिषद् विस्तारको तयारीमा मुख्यमन्त्री रहेको स्रोतको भनाइ छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय