• vacancy ad
  • १६ वर्षीया किशोरी बलात्कार आरोपमा नौजना पक्राउ

  • Ad Space available
  • सुर्खेत। इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा नौजनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बलात्कारको आरोपमा पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, खगेन्द्र भनिने शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई पक्राउ गरिएको जानकारी दिए।

    ad space

    बलात्कृत बालिकाको चिकित्सकीय परीक्षण गर्दा पोजेटिभ देखाएको उनले बताए।

    चौकुने गाउँपालिका–७ सुर्खेत घर भई पञ्चपुरी नगरपालिका सुर्खेतमा बस्दै आएकी किशोरीले सोमबार आफूलाई पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएपश्चात् उनीहरु पक्राउ परेको प्रहरी उपरीक्षक विष्टले बताए।

    उनका अनुसार किशोरीले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन् ।

    जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कनक शाहीले बाबुको मृत्यु भइसकेको र आमाले छोडेर अर्कैसँग विवाह गरेपछि मामाको घरमा बस्न आएकी किशोरीमाथि बलात्कार भएको बताए।

    उनकाअनुसार मुद्दा दर्तापछि किशोरी आफैंले बलात्कार गर्नेलाई पहिचान गराउँदै इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर देउवामार्फत नियन्त्रण लिन लगाएकी थिइन्।

    बलात्कार आरोप लागेकामध्ये केहीलाई पक्राउ गर्न बाँकी रहेको बताउँदै प्रहरी निरीक्षक शाहीले नियन्त्रणमा लिइएका नौ जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाए।

    त्यसैगरी वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेत निवासी २८ वर्षीय कुबेर शाहीलाई आज १३० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय