

मेक्सिको। मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० जनाकाे मृत्यु भएको छ भने अन्य ७० जना घाइते भएका छन्।
उद्धारकर्मीले सडकमा रेल र भत्केको संरचनाले च्यापिएको एक कारलाई क्रेनको सहयोगमा हटाउँदै गरेका दृश्यहरू स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छापिएका छन्।
घाइते मध्ये ४९ जनालाई अस्पतालमा भर्ना गरिएको र तीमध्ये सातजनाको अवस्था गम्भीर रहेको मेक्सिको सिटीका नगर प्रमुख क्लाउडिया शिनबौमले बताएका छन्। उनले गम्भीर घाइतेहरूको शल्यक्रिया भइरहेको बताए ।
सिफारिस
लोकप्रिय