• vacancy ad
  • आज पनि यी ठाउँमा भारी वर्षा हुने

  • Ad Space available
  • काठमाडाैँ । आज मंगलबार बिहान देशभर मौसम सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा पनि हुने सम्भावना छ।

    यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

    सिफारिस
    लोकप्रिय