काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ९ पीसीआर परीक्षणमा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षणमा ४ सय ९ गरी १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ भने १० हजार ८५८ जनाको मृत्यु भएको छ।
सिफारिस
लोकप्रिय


