• vacancy ad
  • देशभर थपिए १०८९ कोरोना संक्रमित, २० को मृत्यु

  • Ad Space available
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

    ad space

    त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्।

    पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ । यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ रहेको छ।

    कुल संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेको, १.४ प्रतिशतको मृत्यु भएको छ र ४ प्रतिशत सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय