• vacancy ad
  • चीनसँगको सीमा विवाद : अध्ययनको लागि सरकारी समिति गठन

  • Ad Space available
  • काठमाडौँ । हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल–चीन सीमाबारे अध्ययन गर्न सरकारले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ। नाम्खा गाउँपालिका वडा नम्बर ५ र ६ स्थित नेपाल(चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहनेछन्।

    गृह मन्त्रालय स्रोतका अनुसार समितिमा रहने सदस्यको नाम पठाउन नेपाल प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको छ।

    यही भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘चीनसँगको सीमा समस्या’ अध्ययन समिति बनाइएको हो। तर नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार नेपालसँग सीमा विवाद नरहेको दाबी गरेको थियो।

    सिफारिस
    लोकप्रिय