संघीय संसद् अधिवेशन भदाै २३ गते बोलाउन सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे बैठक बोलाउन सिफारिस गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
सरकारले संघीय संसदको अधिवेशन बोलाउने बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख र सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल गरेका थिए ।
सिफारिस
लोकप्रिय



