
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ।
गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता भएको हो।
भेटमा सरकारसँग भएको ३ बुँदे सहमतिको कार्यान्वयन, नेकपाका बन्दी नेता/कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको छ।
गत वर्ष नै सरकार र नेकपाबीच ३ बुँदे सहमति भएर विप्लव नेकपा खुला राजनीतिमा फर्किएपनि अझै जेलमा रहेका नेता कार्यकर्ता रिहा भएका छैनन्।
सिफारिस
लोकप्रिय