काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । यस्तै थप २ हजार २७४ जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५१ हजार ९६४ पुगेको छ। जसमध्ये ७ लाख २३ हजार ४५६ जना निको भएका छन् भने १० हजार ८०९ जनाको मृत्यु भएको छ।
सिफारिस
लोकप्रिय