• vacancy ad
  • साथीको हत्या अभियोगमा सैनिक जवान ढकाललाई जन्मकैदको फैसला

  • Ad Space available
  • साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद गर्ने फैसला गरिएको छ ।

    नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्रदल गणमा कार्यरत ढकाललाई बिहिबार २५ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

    महेन्द्रदल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो ।

    चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो ।

    सिफारिस
    लोकप्रिय