• vacancy ad
  • उत्तर कोरियाले लिन मानेन ३० लाख मात्रा सिनोभ्याक खोप

  • Ad Space available
  • एजेन्सी। उत्तर कोरियाले करिब ३० लाख मात्रा कोरोना भाइरसविरूद्धको खोप अस्वीकार गरेको छ। उत्तर कोरियाले सो खोप कोरोनाबाट अति प्रभावित अन्य देशलाइ प्रदान गर्न भनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

    राष्ट्रसंघका प्रवक्ताले उत्तर कोरियाले विश्वमा खोप अभाव भइरहेका बेला ती खोपहरू अतिप्रभावित देशहरूलाई प्रदान गर्न भनेको जानकारी दिएका हुन्।

    ad space

    अगस्ट १९ सम्म उत्तर कोरियामा कोरोनाभाइस सङ्क्रमणको कुनै विवरण नभएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

    विश्व स्वास्थ्य सङ्गठनले साप्ताहिक प्रतिवेदनमा उत्तर कोरियामा हालसम्म स्वास्थ्यकर्मी र रुघाजस्तो रोग लागेका ३७ हजार २९१ जनामा परीक्षण गरिए पनि कसैमा पनि सङ्क्रमण पुष्टि नभएको बताएको छ।

    महामारी सुरु भएयता नै उत्तर कोरियामा कडा नियमहरू लगाउँदै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो। उत्तर कोरियाले खोप अस्वीकार गरेको यो पहिलो पटक भने होइन।

    जुलाईमा आस्ट्राजेनेका खोपको लगभग २० लाख मात्रा खोप उत्तर कोरियाले सम्भावित नकारात्मक असरबारे चिन्ता जनाउँदै अस्वीकार गरेको थियो।

    जुलाईमै रुसका विदेशमन्त्री सेर्गेई लाभरोभले पत्रकारहरूलाई उत्तर कोरियालाई पटकपटक रुसी खोप दिन खोजिएको बताएका थिए। उत्तर कोरियाले खोपको प्रभावकारितामाथि प्रश्न उठाउँदै आएको छ।

    राज्यनियन्त्रित सञ्चारमाध्यमहरूले अमेरिका र युरोपमा देखिएका खोपका नकारात्मक असरका बारेमा सामग्री प्रकाशन गरिरहेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय