
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
दशरथ रंगाशालामा भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। तर नेपालले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
नेपालका लागि खेलको ३६ औं मिनेटमा अञ्जन बिष्टले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।
सिफारिस
लोकप्रिय