• vacancy ad
  • सर्वोच्चले भन्यो– प्रधानन्यायाधीशविनाको संवैधानिक इजलासको सुनुवाइ रोक्नू

  • Ad Space available
  • काठमाडौं। सर्वोच्च अदालतले प्रधानन्यायाधीसबिनाको संवैधानिक इजलासको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको छ।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न
    सर्वोच्चले अन्तरिम आदेश दिएको हो।

    न्यायाधीश हरि फुयालको एकल इजलासले संवैधानिक नियुक्तिसँग सम्बन्धित मुद्दा प्रधानन्यायाधीश संलग्न इजलासमा सुनुवाइ गर्न हुने/नहुने विषय टुंगो नलागेसम्म संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्धको सुनुवाई रोक्न अन्तरिम आदेश दिएको हो ।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेशका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमेत सहभागी संवैधाानिक परिषदको बैठकले २०७७ मंसिर र २०७८ वैशाखमा गरी संवैधानिक निकायमा ५० भन्दा बढी पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो ।

    सो नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथि गत शुक्रबार सुनुवाइ हुने कार्यक्रम छ। जसमा प्रधानन्यायाधीश जबरा बस्न नहुने निवेदक पक्षको माग थियो।

    सिफारिस
    लोकप्रिय