काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी १४औं महाधिवेशनमा आफ्नो समूहले सभापतिको साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएको छ ।
पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सभापतिहरूका आकांक्षीहरुले साझा उम्मेदवार खोज्ने प्रतिबझता जनाएका हुन्। पार्टीको वडा अधिवेशनको अघिल्लो दिन सभापतिका आकांक्षीहरुले साझा उम्मेदवार खोज्ने प्रतिबद्धता जनाएर आफ्नो पक्ष एकजुट रहेको सन्देश दिन खोजेको हो।
पाैडेल समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिको आकांक्षा देखाएका छन् ।
सभापतिको साझा उम्मेदवार तय गर्न पछिल्ला दिनहरुमा लगातार छलफल भइरहेको छ। पत्रकार सम्मेलनमा नेता पाैडेलले कसलाइ जिम्मेवारी दिँदा ठीक हुन्छ भनेर छलफल भइरहेको र छिट्टै उम्मेदवार तय गर्ने बताए ।


