नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी बनाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
बुधबार अध्यक्ष ओलीले वारेसमार्फत निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध रिट दायर गरेका हुन् ।
ओलीले रिटमा आफ्नो पार्टीले कारबाही गरिसकको व्यक्तिलाई सनाखत गराएर पार्टी विभाजन गरिएको उल्लेख गरेका छन् । सभामुख सापकोटाले कारबाहीमा परेका सांसदबारे जानकारी नदिएको उनको आरोप छ ।
सिफारिस
लोकप्रिय