• vacancy ad
  • अझै एक साता मन्त्रिपरिषद् विस्तार नहुने

  • Ad Space available
  • काठमाडौं । तत्काल मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । मन्त्रिपरिषद् विस्तार एक साता पर धकेलिएको हो ।

    नेकपा (एमाले)छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्न प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई दिइएको अवधि सकिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

    ad space

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार एक साताका लागि पर सार्ने विषयमा मंगलबार सत्तारुढ दलको बैठकमा छलफल गराएका थिए ।

    मंगलबारदेखि भदौ २२ सम्मको अवधि दल रोज्न समय दिइएको छ । दल रोज्न निर्वाचन आयोगले उपलब्ध गराएको समय सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुबीच सहमति भएको छ ।

    स्रोतका अनुसार देउवाले शीर्ष नेताको बैठकमा राखेको विषयलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्ष नेताको बैठकमा सुनाएका हुन् । पौडेल पक्षबाट सभापतिमा एकल उम्मेदवारी दिने विषयमा छलफल गर्न उक्त समूहको बैठक बसेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय