
काठमाडौं । सडकमाथिबाट आएको पहिरोका कारण त्रिभुवन राजपथको नागढुङ्गा–नौबिसे सडकखण्ड आज पनि अवरुद्ध भएको छ ।
हिजाे पानी परेसँगै माथीबाट आएकाे पहिराे हटाएर सवारी सञ्चालन गरेपनि पुन आज फेरि साेहि स्थानमा पहिराे खस्दा सडक अबरुद्ध भएकाे महानगरीय प्रहरीले बृत्त थानकोटका डिएसपी माेहन खाँणले बताए ।
नागढुङ्गाकाे चिसापानीमा पहिराे खसेपछि राजधानी छाड्ने र भित्र्ने यात्रुहरू समस्यामा परेका छन् ।
पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएका कारण सवारी साधनको सात किलोमिटरसम्मको लाइन लागेको छ ।
सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटक–पटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।
अहिले सडक खुलाउन थानकोट बृत्त र नागढुङ्गा प्रभाग जेसिभि सहित लागिरहेकाे छ ।
सिफारिस
लोकप्रिय