काठमाडौं। भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्धको खेल कठिन हुने प्रतिक्रिया दिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली टिम कठिन रहेको र नेपालसँग खेल्न पाउँदा खुसी लागेको बताए।
नेपाल र भारतले १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन् । दर्शक प्रवेश गर्न दिने या नदिने भन्ने विषयमा भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले सीसीएमसीको स्वीकृति पर्खिएको छ।
दुबै मैत्रीपूर्ण खेललाई फिफाले मान्यता दिएको छ । यस खेलले फिफा वरियता समेत प्रभाव पार्नेछ।
कप्तान सुनिलले यो मैत्रीपूर्ण खेल साफ च्याम्पियनसिपको तयारीको रूपमा समेत लिएको उनले बताए।
सिफारिस
लोकप्रिय