नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा उपचारपछि स्वदेश फर्किएका छन् ।
दुई महिना लामो उपचारपछि आज स्वदेश फर्किएका खनाललाई एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका हुन् । खनाललाई उनकी श्रीमती रविलक्ष्मी चित्रकारकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी हुन् ।
नेता खनाल २ असारमा उपचारका लागि भारत गएका आएका थिए । डायलाइसिसले नभएपछि उनको मिर्गौला प्रत्यारोपण नै गर्नुपरेको हो ।
त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनी एकीकृत समाजवादीका पक्षमा लागेका थिए । नयाँ पार्टी दर्ता प्रक्रियाका लागि उनले भारतस्थित नेपाली दूतावासमार्फत सनाखत गरेका थिए ।
सिफारिस
लोकप्रिय


