• vacancy ad
  • आज श्रीकृष्ण जन्माष्टमी

  • Ad Space available
  • काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी, हिन्दु धर्मालम्बीहरुको मुख्य पर्वहरु मध्ये एक मानिन्छ ।

    आजको दिन भगवान श्रीकृष्णको जन्मोत्सव भब्य रुपमा मनाइन्छ । भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिको दिन रोहिणी नक्षत्रमा जन्मिएका श्रीकृष्णको जन्मोत्सव नेपाल बाहेक हिन्दु धर्मालम्बीहरुको बसाोबास रहेका मुलुकहरुमा धुमधामकासाथ मनाइन्छ ।

    ad space

    भाद्र कृष्ण पक्ष अष्टमी तिथिको राती १२ बजे श्रीकृष्णको जन्म भएको थियो । जसका कारण श्रीकृष्ण जन्मअष्टमिको व्रत बिहानबाटै प्रारम्भ गर्नुपर्ने हुन्छ ।

    शास्त्रीय ब्यवस्था अनुसार ब्रत प्रारम्भ गरेदेखि दिनभर भगवान हरिको मन्त्रोउच्चारणका साथ पूजा गरी पारण गर्नुपर्दछ । मध्य रातमा श्रीकृष्णको जन्म भएको हुँदा त्यस बेला पुजा गरी बिहान ब्रह्म मुहूर्तमा नुहाएर मन्त्र उच्चारणसहित पुजा गर्नुपर्दछ ।

    आजको दिन देशभरका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गरेपनि यस पटक कोरोना संक्रमण जोखिमका कारण भिडभाड नगर्न सरकारले आग्रह गरेको छ । श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

    त्यसैगरी आज गौरा पर्व पनि मनाईँदैछ । खासगरी सुदूरपश्चिम क्षेत्रमा बढी लोकप्रिय रहेको गौरा पर्व अहिले देशैभरी मनाउन थालिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय