• vacancy ad
  • आज पनि देशभर भारी वर्षा हुने, सतर्क रहन आग्रह

  • Ad Space available
  • काठमाडौँ । आज बिहानैदेख देशभरीको मौसम सामान्यदेखि पूर्णसम्म बदली छ। साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।

    ad space

    यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय