• vacancy ad
  • कोरोना संक्रमणबाट बाँकेमा थप ६ जनाको मृत्यु

    corona death
  • Ad Space available
  • नेपालगञ्ज। कोरोना संक्रमणबाट बाँकेमा आज बिहानसम्म थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका र एक जना बर्दियाका छन् ।

    नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

    ad space

    मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ३ का ५१ वर्षका पुरुष, नेपालगञ्ज–१ का ६६ वर्षीय पुरुष रहेका छन्। भेरी अस्पतालमै मृत्यु हुनेमा बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष छन् ।

    यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा ४८ वर्षीय पुरुष र ६० वर्षीया वृद्धाको मृत्यु भएको छ । अर्का ३२ वर्षीय खजुरा गाउँपालिका २ का संक्रमितको पनि सोमबार बिहान मृत्यु भएको हो ।

  • ad space
  • सिफारिस