• vacancy ad
  • कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी : निधि

  • Ad Space available
  • नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् ।

    सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका निधिले शुक्रवार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीनवटै तहमा कांग्रेसलाई बहुमत दिलाउन उम्मेदवारी दिन लागेको बताएका हुन् ।

    ad space

    उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारेका छन् ।

    ‘म नेपाली कांग्रेसलाई मजबुत बनाउन, रुख छापलाई मतदाता र जनतासँग जोड्न, नेपालका हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदाता, जनताले, आदिवासी, दलित, महिला, मधेशी, अल्पसंख्यक, मुस्लिम, थारुलगायत सबैको मनमा यो विश्वास स्थापित होस्, भरोसा स्थापित होस् कि रुख छाप हाम्रो पार्टी हो,’ उनले भने ।

    उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व कांग्रेसले लिनुपर्ने बताए । संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको उनको भनाइ छ ।

    ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनताको बीचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लावारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो,’ उनले भने, ‘यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो ।’

    निधिले कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय