• vacancy ad
  • बट्लरको शतकमा राजस्थानको राजस्थानको तेस्रो जित

  • Ad Space available
  • एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले तेस्रो जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ५५ रनले पराजित गरेको हो ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले दिएको २२१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो ।

    ad space

    हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ३१, जोनी बेयरेस्टोले ३० रन र कप्तान केन विलियम्सनले २० रन बनाए । राजस्थानका क्रिस मोरिस र मुस्ताफिजुर रहमानले ३÷३ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर २२० रन बनाएको थियो । राजस्थानका लागि जोस बट्लरले १२४ रनको शतकीय इनिङ्स खेले । उनले ६४ बलमा ११ चौका र ८ छक्का प्रहार गरे ।

    यस्तै कप्तान सन्जु सामसनले ४८ रन बनाए । हैदरावादका सन्दीप शर्मा, रासिद खान र विजय शंकरले १/१ विकेट लिए । जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। हैदरावादले ७ खेलमा २ अंक जोडेर तालिकाको पुछारमा छ।

  • ad space
  • सिफारिस