• vacancy ad
  • प्रहरीमा लेखापालको सरुवा लथालिङ, बढेको राशनभत्ताको अझै भएन मिलान

  • Ad Space available
  • काठमाडौं । आर्कर्षित ठाउँमा जान प्रहरीका लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत आईजीपी शैलैश थापा क्षेत्रीलाई दवाव दिन थालेपछि लेखापालको नियमित सरुवा नै लथालिङग भएको छ ।

    जसको कारण लेखापालहरुको सरुवा नहुँदा लेखापालको सरुवा अवधि पुगेका कार्यालयका प्रहरी कर्मचारीले साउन महिनाको तलबसमेत पाएका छैनन् ।

    ad space

    एक कार्यालयमा बसेको दुई वर्ष पूरा भइ सरुवा भएर जाने लेखापालले नयाँ आर्थिक वर्षको बजेट चलाउन पाउँदैनन् ।

    त्यसैकारण पुराना लेखापालहरुले साउन महिनादेखिको तबल दिन नसकेका हुन् । लेखापालको सरुवामा ढिलाई भएपछि तलब खुवाउनकै लागि भए पनि पुरानै लेखापाललाई चालु आर्थिक वर्ष २०७८/७९ को बजेटबाट तलब दिन प्रहरी प्रधान कार्यालयले पत्रचार गरेको छ ।

    लेखापालको नियमित सरुवा असार अन्तिम साताभित्र हुने गर्छ । तर, यस वर्ष भर्दौको दोस्रो सातासम्म पनि सरुवा हुन सकेको छैन् ।

    ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन चाहाने लेखापालहरुको प्रतिस्पर्धाकै कारण सरुवामा ढिलाई भएको एक लेखापालले बताए ।

    असईदेखि इन्स्पेक्टर दर्जासम्मका प्रहरीले एक पटक लेखासम्बन्धि तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको छ वर्षसम्म लेखामै बस्ने व्यवस्था छ ।

    सरुवा बाहेक चालु आर्थिक वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको लतब बाहेक रासनभत्तामा १५ प्रतिशत वृद्धि गरेको थियो ।

    तर, वृद्धि भएको रकमको दररेटसमेत प्रहरी प्रधान कार्यालयले मिलन गर्न सकेको छैन । प्रहरी र सशस्त्रका कर्मचारीको लागि सुगम र दुर्गम जिल्ला अनुसार रासन भत्ताको दररेट फरक–फरक हुन्छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय