• vacancy ad
  • एमालेमा माधव नेपालको अभिलेख हटाइँदै

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेमा माधव नेपाल लगायतको अभिलेख हटाइने भएको छ । एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको हो ।

    बिहीबार तुल्सीलाल प्रतिष्ठान भवनमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गर्नेहरूको अभिलेख पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    ‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ उनले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’

    यस्तै निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइँ लड्ने पनि एमालेले निर्णय गरेको छ ।

    पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीको भनाई छ ।

    यस्तै बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । त्यसका लागि सहजीकरण गर्न महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको उनले बताए ।

    सिफारिस
    लोकप्रिय