• vacancy ad
  • काबुलमा विस्फोट गर्नेलाई खोजी–खोजी मार्नेछौँ : राष्ट्रपति जो बाइडेन

  • Ad Space available
  • काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै मानिसको ज्यान जानेगरी विस्फोट गराउने आतंककारीलाई खोजीखोजी मार्ने चेतावनी दिएका छन्।

    काबुलको हामिद कारजाई विमानस्थलनजिक बिहीबार साँझ लगातार भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ भने २ सय जनाभन्दा बढी घाइते भएका छन्। घटनामा १३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको छ।

    घटनाको भर्त्सना गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले अरूको ज्यान बचाउन खटिएका सैनिकको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    घटनापछि राति अबेर पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्, ‘हामी अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई बचाउँछौं र अफगान सहयोगीलाई बाहिर निकाल्छौं, हाम्रो मिसन जारी रहनेछ, आवश्यक परे थप सैनिक पठाउनेछौं।’

    सिफारिस
    लोकप्रिय