• vacancy ad
  • काबुल विमानस्थलबाहिर शक्तिशाली आत्मघाती बम विस्फोट

  • Ad Space available
  • एजेन्सी। अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाहिर शक्तिशाली आत्मघाती बम विस्फोट भएको छ।

    पेन्टागनका प्रवक्ता जोन किर्बीले विस्फोटमा भएका हताहतीको यकिन सङ्ख्या स्पष्ट हुन नसकेको बताएका छन्। सो विस्फोटमा अमेरिकी नागरिकसमेत मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

    ad space

    एक तालिबान अधिकारीले कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन्। तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

    विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बताएका छन्।विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने रिपोर्टहरूमा जनाइएको छ।

    हमला हुन सक्ने भन्दै अमेरिका र क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ।

    पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्। उद्धारको आशामा विमानस्थलमा अझै हजारौं मानिस छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय