• vacancy ad
  • महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

  • Ad Space available
  • काठमाडौं। दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन चुँडाएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको कानुनमन्त्री
    तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

    गत साउन १५ गते महाकालीमा बेपत्ता भएका धामी अझै फेला परेका छैनन्।

    सिफारिस
    लोकप्रिय