• vacancy ad
  • नेपालको साथ छोडेका भीम आचार्य बने प्रदेश १ को मुख्यमन्त्री

  • Ad Space available
  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा बुझाएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

    ad space

    माधवकुमार नेपालको साथ छाडेर संस्थापन पक्षमा लागेका आचार्यलाई मुख्यमन्त्री बनाउन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् ।

    माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग दुई मत अन्तरले पराजित भएका थिए । मुख्यमन्त्री भएपछि आचार्यले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय