• vacancy ad
  • प्रदेश-१ : संसदीय दलको नेताबाट शेरधनको राजीनामा, भीम आचार्य सर्वसम्मतले चयन

  • Ad Space available
  • नेकपा (एमाले) प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

    माधवकुमार नेपालको साथ छाडेर संस्थापन पक्षमा लागेका आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । संसदीय दलका नेता राईले राजीनामा दिएपछि आचार्य सर्वसम्मत रुपमा चयन भएका हुन्।

    ad space

    आजै राईले मुख्यमन्त्रीबाट पनि राजीनामा दिने र आचार्य मुख्यमन्त्री नियुक्त हुने तयारी छ । नेपाल समूहबाट गुट परिवर्तन गर्दै आचार्य ओली समूहमा गएपछि एमाले अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए ।

    माधव नेपाल समूहमा रहेका आचार्य संसदीय दलको निर्वाचनमा शेरधन राईसँग दुई मत अन्तरले पराजित भएका थिए । मुख्यमन्त्री भएपछि आचार्यले एक महिनाभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय