• vacancy ad
  • ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता

  • Ad Space available
  • काठमाडौं। महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ।

    बुधबार आयोगमा १४ जना सांसद र १७ जना कार्यकारिणी सदस्यले सनाखत गरेपछि आयोगले लोसपालाई अलग दलको मान्यता दिएको हो।

    ad space

    सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

    आयोगले जसपाको उपेन्द्र यादव पक्षलाइ आधिकारिकता दिएपछि ठाकुर पार्टी बिहीन बनेका थिए।

    अध्यादेश ल्याउनुअघि उनीसँग नयाँ दल दर्ताका लागि ४० प्रतिशत थिएन । अध्यादेश ल्याएपछि ठाकुरले २० प्रतिशत पुर्याएर दल दर्ता गरेका हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय