• vacancy ad
  • कम्युनिस्ट आन्दोलन पुनर्गठनको ऐतिहासिक अभियानमा सहभागी हुन अपिल

  • Ad Space available
  • काठमाडाैं। नवगठित नेकपा (एकीकृत समाजवादी) ले मुलुक र जनताको समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने ऐतिहासिक अभियानमा सहभागी हुन अपिल गरेको छ।

    नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगमा सनाखतपछि सो अपिल गरेका हुन्।

    प्रलोभन, दबाब, डर र त्रासका बाबजुद विद्रोहमा सामेल हुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता संघीय संसद्का सदस्यलगायत सम्पूर्ण समर्थक, शुभचिन्तकमा धन्यवाद ज्ञापन गरिएको छ।

    कम्युनिस्ट आन्दोलनलाई बदनाम बनाउँदै समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गरिएको सो दलले जनाएको छ। सनाखतमा संघीय संसद्का ३४, नेकपा (एमाले)को केन्द्रीय कमिटीमा रहेका ५९ सदस्य निर्वाचन आयोगमा पुगेका थिए।

    सिफारिस
    लोकप्रिय